परिजिता बास्तोला भ्वाईस अफ अमेरीकाबाट आउट भईन्

परिजिता बास्तोला भ्वाईस अफ अमेरीकाबाट आउट भईन्

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् ।​

परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो ।
४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो । त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो ।

परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन् । उनको यात्रा यही टुंगिएको छ ।

अमेरिकी पूर्वीय समयअनुसार डिसेम्बर ५ तारिख राती ८ बजे देखि मंगलबार बिहान ७ बजेसम्म मतदानको समय थियो । परिजिता जन लेजेन्डको टोलीमा थिइन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी