मंसीर २० पाल्पा । पाल्पाको चिर्तुङधाराको सिंगो गाउँका ८० जनाभन्दा बढी बिहे भोज खाएपछि परेका छन् । पाल्पाको चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना बढी बिरामी परेका हुन् ।
मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन् ।
बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको स्थानीय स्वास्थ्य चौकीका कर्मचारीले बताएका छन् । बिरामी भएका मध्य चार जनालाई मिसन अस्पतालमा भर्ना नै गरेर उपचार भईरहेको छ । तर प्राय बिरामीहरु खतरामुक्त रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline