रवि लामिछानेको पार्टीमा विवाद, जिल्ला सभापति हटाउन माग गर्दै केन्द्रमा निवेदन

रवि लामिछानेको पार्टीमा विवाद, जिल्ला सभापति हटाउन माग गर्दै केन्द्रमा निवेदन

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

मंसीर १८ काठमाण्डौँ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरीक विवाद शुरु भएको छ ।

उक्त पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन मागसहित त्यहाँका २४० जना सदस्यहरुले केन्द्रीय कार्यालय निवेदन दिएपछि विवाद सार्वजनिक भएको हो ।

यही मंसिर ४ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई कारवाही माग गरिएको हो। मकवानपुरस्थित २४० जना पार्टी सदस्यहरु उनलाई पदबाट हटाउन मागसहित केन्द्रीय कार्यालयमा पत्र पठाएका हु्न्।

उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ।

आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन्।

उनले मंसिर ४ को निर्वाचनबाट पार्टी राष्ट्रिय दल बनेसँगै आफूविरुद्धका गतिविधि बढेका बताए। उनले अर्को दलको उम्मेदवार भेट्नुलाई राजनीतिक अभ्यासकै एउटा पाटो भएको बताउँदै त्यसलाई ठूलो मुद्दा बनाउनु गलत हुने उल्लेख गरे।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ