शसस्त्रका असई विकको हत्या आरोपमा फरार सूचीमा महतोः एमालेबाट टिकट पाएर जिते चुनाव, पाउलान शपथ लिन ?

शसस्त्रका असई विकको हत्या आरोपमा फरार सूचीमा महतोः एमालेबाट टिकट पाएर जिते चुनाव, पाउलान शपथ लिन ?

  • शनिबार, मंसिर १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

मंसीर १७ महोत्तरी । एमालेबाट महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित सांसद लक्ष्मी प्रसाद महतोलाई शपथ लिन संकट पर्ने देखिएको छ । उनले माओवादी नेता गिरीराजमणि पोखरेललाई पराजीत गरेका थिए ।

सशस्त्र प्रहरी असई हत्या आरोपमा जनकपुर उच्च अदालतले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले महतो अहिले फरार सूचीका अभियुक्त हुन् ।

सोही प्रकृतिको मुद्धामा कैलालीबाट अघिल्लो निर्वाचनमा बिजयी रेशम चौधरी अझै जेलमा छन् ।

दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। सो आदेश अनुसार उनी थुनिनु पर्नेमा सत्ताको आडभरोसमा बाहिरै रहेका थिए ।

तर अब उनलाई पक्राउ गर्ने विषयमा प्रहरीले आन्तरीक छलफल गरीरहेको स्रोतले बताएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिए अदालतबाट पूर्जी लिएर कारागार पुर्याउन सक्छ ।

उच्च अदालतको आदेशको कपि केही दिन अघि मात्रै महोत्तरी प्रहरीको हातमा पुगेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधिश पुष्पराज कोईराला र न्यायाधिश प्रभा बस्नेतसमेतको संयुक्त ईजलासले २०७७ मंसिर १९ गते दिएको आदेश हेर्दा, नेपाल सरकारको निवेदनमा विपक्षी भनिएका लक्ष्मी महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९६७०बमोजम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा महोत्तरी जिल्ला अदालतबाट सोहि ऐनको दफा ९६८० र ९७२० नं। बमोजिम उनीबाट एकलाख धरौट वा जेथा जमानी माग्ने गरी पुर्पक्षमा राख्न आदेश दिएकोमा सो आदेश नमिलेको देखिँदा उक्त आदेश बदर गरिदिएको छ।

२०७२ साल भदौ महिनामा मधेशमा आन्दोलन चलिरहेका बेला सशस्त्र प्रहरी असई थमन विकलाई नियन्त्रणमा लिएर आन्दोलनकारीले कुटेर हत्या गरेका थिए । बिहान जलेश्वर बजारमा कुटपिट गरी घाइते बनाइएकोमा उनलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी जनकपुर थप उपचारका लागि पठाइएको थियो। तर, उनी जनकपुर नपुग्दै महोत्तरी गाउँपालिकाको सोनुषडा चौरीस्थित धान खेतमै लखेटीलखेटी उनको हत्या गरियो। उनी सवार एम्बुलेन्समा आगो लगाई जलाइएको थियो ।

उक्त घटनामा प्रहरीले महतोसहित २८ जनालाई आरोपी बनायो। २८ मध्ये चारजना हाल पुर्पक्षका लागि थुनामा छन् ।
यीनै २८ जना मध्य महतोलाई प्रहरीले योजनाकारको रुपमा मुद्धा दायर गरेको थियो । स्रोतका अनुसार प्रहरीले कुनै पनि बेला महतोलाई पक्राउ गर्ने संभावना छ । त्यस्तो अवस्थामा महतोले संसदको शपथ लिन पाउने संभावना कम रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी