मंसीर १७ सर्लाही । मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा निधन भएको छ।
‘राति होलिडे रिसोर्ट’मा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन्।
बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो। हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा उनी फेला परेका हुन्।
कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय उपभापति समेत हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline