रवि लामिछानेको दोहोरो नागरिकता र पासपोर्टको बिषयमा प्रहरीले अनुसन्धान गर्ने

रवि लामिछानेको दोहोरो नागरिकता र पासपोर्टको बिषयमा प्रहरीले अनुसन्धान गर्ने

  • शुक्रबार, मंसिर १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मंसीर १६ काठमाण्डौँ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकता र राहदानीबारे प्रहरीले अनुसन्धान शुरु गर्ने भएको छ ।

निर्वाचन अघि नै अमेरीकी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयोग गरेको र राहदानी समेत लिएको भन्दै निर्वाचन आयोगमा उजुरी पर्दा समेत आयोगले कुनै निर्णय नगरेपछि उनी बिरुद्ध गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले महागनरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएर छानबिन गर्न भनेको छ ।

रविले विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागी राहदानीसमेत निकालेको विषयमा विवाद हुँदै आएको छ । कुनै पनि नेपाली नागरिकले अन्य देशको नागरिकता वा पीआर लिइसकेपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता नत्यागेको खुलेको छ। उनले विवादमा परेपछि अमेरिकी पीआर त्यागेको बताएका थिए। तर उनले पुरानै नागरिकताका आधारमा निर्वाचन आयोगमा उम्मेद्धारी दर्ता गरेको समेत दावी निवेदकले गरेका छन् ।

प्रहरीले अनुसन्धान गरेर दोषी पाईएमा रवी कानुनतः कार्बाहीमा पर्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ