मंसीर १५ काठमाण्डौँ । तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा कर्मचारीलाई भित्रै थुनेर ताला लगाएका छन् ।
तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी भित्रै थुनिएका छन्। ताला लगाउनुअघि बन्दकर्ताले बाहिर आउन गरेको आग्रह नमानेपछि कर्मचारीलाई भित्रै राखेर संघले तालाबन्दी गरेको हो।
‘युथ्स अफ तुलसीपुर’को आयोजनामा आजदेखि २६ गतेसम्म महोत्सव हुँदै छ। त्यसको विरोधमा संघले बुधबारेखि तुलसीपुर बजार बन्द गराएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline