सुकुम्वासी हटाउन काठमाण्डौँ उपत्यका विकास प्राधिकरण पनि तात्यो, निकाल्यो ३५ दिने सूचना

सुकुम्वासी हटाउन काठमाण्डौँ उपत्यका विकास प्राधिकरण पनि तात्यो, निकाल्यो ३५ दिने सूचना

  • बुधबार, मंसिर १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

मंसीर १४ काठमाण्डौँ । काठमाडौं महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला काठमाडौं उपत्यका विकास प्राधिकरण पनि तातिएको छ । प्राधिकरणले ३५ दिने सूचना जारी गर्दै ३५ दिन भित्र नदी किरानाराका बस्ती हटाउन सूचना जारी गरेको छ ।

उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डमा पर्ने जग्गा अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो ।

प्राधिकरणले निर्देशन कार्यान्वयन नगरे अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि जनाएको छ ।

उपत्यकाभित्रका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको उल्लेख गर्दै सूचनामा आफ्नो काममा अवरोध भए प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने भन्दै कार्बाहीको चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी