थापाथलीबाट सुकुम्वासीलाई हटाएरै छाड्ने तयारीमा बालेन्द्र शाह

थापाथलीबाट सुकुम्वासीलाई हटाएरै छाड्ने तयारीमा बालेन्द्र शाह

  • बुधबार, मंसिर १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१४ मसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाएरै छाड्ने तयारीमा काठमाण्डौँ महानगरपालिका रहेको छ ।
स्रोतका अनुसार संघ सरकारलाई पनि अनुरोध गर्ने तर कुनै पनि हालतमा बस्ती खाली गराएर छाड्ने योजना महानगरभित्र तयार भईरहेको छ । यस अघि खाली गराउने प्रयास असफल भए पछि पछि नहट्ने तयारीमा महानगर रहेको बुझिएको छ ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ ।
४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्‍यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।

पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा बर्सााएका थिए ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् । बालेनको सचिवालयले बागमती नदी किनारको प्रमुख सरोकारवाला महानगर भएकाले किनार व्यवस्थित गराउने उद्देश्यले काम सुरु भएको बताएको छ ।

महानगर पछि नहट्ने संकेत पाएपछि मंगलबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ