मंसीर १२ धरान । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा सफलता पाएका हुन्।
घन्टी चुनाव चिन्हकी तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन्।
राई एमालेको समर्थनमा बिजयी हुन सफल भएका हुन् । ७४ सालमा उनी धरानबाटै लड्दा पराजित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline