स्याङजामा एमाले कार्यकर्ताले अन्तरघात गरेको भन्दै आफ्नै नेता कुटे

स्याङजामा एमाले कार्यकर्ताले अन्तरघात गरेको भन्दै आफ्नै नेता कुटे

  • आइतवार, मंसिर ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मंसीर ११ स्याङ्जा । पार्टीभित्र अन्तरघात गरी स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् ।

पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर गएराति आक्रमण गरेको प्रहरीले बताएको छ ।

सुवेदीको टाउको र शरीरका विभिन्न भागमा चोट छ।

आफ्ना बुवालाई संरक्षण गर्न खोज्दा सुवेदीकी १८ वर्षीया छोरी बिनितामाथि पनि आक्रमण भएको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको सुवेदी पत्नी जानकीले बताइन्।

एमालेतर्फका उम्मेदवार मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार छन्।

सुवेदीलाई कुटपिट गर्नुपूर्व उनीहरुले एमाले पार्टी कार्यालय तोडफोड गरेको स्थानीयले जनाए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ