साईवर क्राईम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ

साईवर क्राईम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ

  • आइतवार, मंसिर ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

उदयपुर ११ मंसिर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई सावईवर क्राईम मुद्दामा पक्राउ परेका छन ।

एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा समाग्री बनाई युट्युवमा लगाएत सामाजिक संजालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरी तथा काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाइ पक्राउ गरिएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।

एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साईबर व्यूरो काठमाण्डौ पठाईएको छ ।
शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आईतबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ ।
राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ