बारा चार बाट निर्वाचित किशान श्रेष्ठ सहितका जनप्रतिनिधिले बुझे प्रमाणपत्र

बारा चार बाट निर्वाचित किशान श्रेष्ठ सहितका जनप्रतिनिधिले बुझे प्रमाणपत्र

  • शनिबार, मंसिर १०, २०७९
  • दिपक चौरसिया

  • 2.9K
    SHARES

बिरगंज १० मंसिर । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा मधेस प्रदेशसभा सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वाचन आयोगले जनाए अनुसार शनिबार प्रत्यक्ष र समानुपातिक तर्फ मतगणना सकिएकोले प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि निर्वाचितहरुलाई आधिकारिक प्रमाण पत्र वितरण गरिएको निर्वाचन आयोगले जनाएको हो ।

बारा(क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) बाट कृष्ण कुमार श्रेष्ठ (किसान), प्रदेशसभा सदस्य (क) मा नेकपा एमालेका देवनारायण थारु र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र प्रसाद सोनार ९सोनल० निर्वाचित भएका हुन

प्रतिनिधिसभामा श्रेष्ठले पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् नेकपा एमालेका एकबाल मियाँलाई १० हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन् । त्यस्तै बारा(४ ९क० बाट चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने ९ख० बाट सोनलले जसपाका आत्माराम प्रसाद साहलाई पराजित गरेका छन् ।

नवनिर्वाचित तिनैजनालाई बारा(४ मा मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा मधेस प्रदेश सदस्यहरु अब जनताको चाहना अनुसार काम गर्ने उदघोष छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ