मंसीर १० काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङले एमालेका रमेश लामालाई पराजीत गर्दै आफ्नो जित निश्चत गरेका हुन् ।
माओवादी केन्द्रका दोङले ३४ हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ९२८ मत प्राप्त गरेका छन् ।
काभ्रेको क्षेत्र नं १ मा मतगणना सम्पन्न भई मतपरिणाम सार्वजनिक भएसँगै काभ्रेका दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् भने चार वटै प्रदेशसभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।