नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ प्रतिनिधिसभा क्षेत्र नं ६ बाट निर्वाचित डा. शेखर कोइरालाले संसदीय दलको नेता बन्न आफूलाई हतार नभएको प्रतिकृया दिएका छन् ।
यस पटक प्रधानमन्त्रीको आकांक्षीमा डा. कोईराला पनि रहेका छन् ।
निर्वाचित घोषणा भएपछि प्रमाणपत्र लिन विराटनगरस्थित आर्दश माविमा रहेको निर्वाचन अधिकृतको कार्यालय आएका नेता कोइरालाले देशभरबाट परिणाम आउन बाँकी नै रहेकाले संसदीय दलको नेता बन्ने–नबन्ने भन्नेबारे बोल्न हतार नगर्ने बताए ।
कांग्रेस महामन्त्री गगन थापाले जितलगत्तै संसदीय दलको नेताका लागि पहल थाल्ने बताएको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेकोबारे कोइरालाले कसले कहाँ हतारमा के भन्छ भन्ने कुराको कुनै अर्थ नहुने प्रतिक्रिया दिए ।
आफूले सभापतिसँग भेटेर सल्लाह गरेर मात्र अघि बढ्ने कोईरालाले बताए ।
अब पनि बाम–लोकतान्त्रिक गठबन्धन कायमै रहने र सरकार पनि बनाउने नेता कोइरालाको दाबी छ।