मंसीर ८ तनहुँ । प्रधानमन्त्री बन्ने आकांक्षा देखाँउदै आएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँबाट निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका हुन् ।
वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाएका छन् ।
काँग्रेस भित्र प्रधानमन्त्रीका आकांक्षीको संख्या बढ्दै गएको छ । देउवा, रामचन्द्र पौडेल बाहेक शेखर कोईराला, शसांक कोईराला, गगन थापा र प्रकाशमान सिंह प्रधानमन्त्रीमा आकांक्षी रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline