रोदन त्यो रातको……

रोदन त्यो रातको……

  • मङ्लबार, मंसिर ६, २०७९
  • पुजन मिश्र

  • 5.3K
    SHARES

उनको र मेरो भेट रातको १० बजे हस्पिटलको प्रशुती वार्डमा भयो । पुर्वाञ्चलको एक प्रशिद्ध हस्पिटल बि .एण्ड. सी हस्पिटल जहाँ क्यानसरको उपचार हुन्छ ।“दुर्गा प्रसाई”पुर्वका एक चर्चित व्यक्तित्व, संभवत एक अन्तर्राष्ट्रिय परिचित नाम ,उनकै हो यो बि.एण्ड.सी हस्पिटल ।

हस्पिटलका भित्ताहरुमा उनको निकै ठुलो र आकर्सक फोटो सहित “म जे गर्छु नेपालमा गर्छु” भत्रे भनाईहरु भेटिन्छन् । हस्पिटल निकै सफा,सुन्दर र आकर्सक छ । हस्पिटलकै चौघेरा भित्र कृतिम झर्ना सहितको  पोखरी र वगैचा शायद विदेशकै नक्कलमा बनाइएको रहेछ ।  त्यहाँ आउने सबै विरामी  तथा विरामीका आफन्तहरुको प्राय एउटै स्वर सुनिन्थ्यो “यो हस्पिटल त निकै महंगो पो छ त ! कहाँ जो कोहिले उपचार गर्न सक्छन् र” तर जे होस् त्यहाँ कार्यरत सबै स्टाफहरु निक्कै सभ्य र सहनशिल लाग्यो ।त्यहाँका सबै स्टाफहरुमा मपाई भन्दा तपाईको भावना मैले भेंटें । झण्डै ६० घण्टा म त्यो हस्पिटलमा बसें ।

 त्यो दिन भईटिकाको अघिल्लो दिन थियो । प्राय सबै सरखारी हस्पिटलका डाक्टर नर्स विदामा थिए त्यसैले त्यो दिन त्यहि हस्पिटलमामात्र डाक्टर र नर्स  उपलब्ध भएर होला विरामीको निकै चाप देखिन्थ्यो । त्यो रात मात्र ८ जना बच्चा जन्मिएका थिए । सबै नर्सहरु सारै संयंता पुर्वक खटेका थिए ,धैर्य थिए ,मायालु थिए ।

प्रसंग अलि वद्रलियो ,त्यो रातमा आएका जम्मा आठ प्रसुती मद्ये एक प्रसुती   थिईन उमेरले मात्र १७ वर्ष लागेकी किशोरी ,जव  उनी रातको १० वजे त्यो वार्डमा आइपुगिन् त्यस पछि त पुरै हस्पिटलमा खैलाबेला नै  मच्चियो ,कारण  उनी यति धेरै चिच्याइ रहेकि थिइन् कि उनको आवाज सुत्र  सबै त्यहाँ उनलाई हेर्नै भन्दै आउथे र भीड लाग्थ्यो ।  कसैले यस्तै हो नानी नआत्तिउ भन्दै सम्झाउथे भने कसैले आफ्नो क्षमता अनुसारकै गाली गर्थै जे होस “हरेक व्यक्तिको विेवेक उसको सभ्यत र संकृती हो / ”

 उनलाई प्रसुती वेथा लागेको सत्य थियो तर उनी भन्दै थिइन् “मेरो बच्चा जन्मने समय भएको छैन ,त्यसैले मलाई घर जान दिनुस्” सुन्दै कोहि हाँस्थे, कोहि खिल्ली उडाउथे । उनका साथमा उनका बुबा र उनकी आमा थिइन् ।उनीहरुको आँखामामा गरिवीको निरासा प्रस्ट झल्किन्थ्यो । यि सब सामान्यनै थिए तर अचम्म त यहाँ थपियो कि एक पटक उनी बेडवाटै भागेर निकै पर पुगिछन् आमा सहित , कसो त्यहाँका स्टाफले थाहा पाएर फर्काएर फेरी वेडमै राखे । यो भन्दा बढी रोचक अचम्म त यहाँ भेटियो जव विरामले च्यापेर छोरी चिच्याउथिन् आमा त झनै छाती पिटीपिटी चिच्याउदै रुन्थिन् ।कोलाहल माथि कोलाहलनै थपियो ,हेर्नेको भीड उस्तै ,विचरा तिनलाई लामु विराम लाग्यो ,त्यो रात निकै कोलाहलपूर्ण थियो । यतै ऐया,उतै आथ्था ,रुने चिच्याउने ,निद्राको त के कुरा । बिशेष गरी  विरामीका आफन्तहरु ,प्राय पुरुषहरु त्यो समयमा कति संवेगात्मक हुदा रहेछन् प्रत्यक्क्ष पहिलो पटक देखें, कोहि घोप्टो परेर त कोहि भित्तामा मुख लुकाएरै भए पनि आँशु पुच्छ्तै गरेको कारुणिक दृश्यले मेरा पनि आँखा नरसाएका हैनन् ।

यहाँ निर प्रसंग एक किशोरीको वालविवाह र त्यसले निम्त्याएको जटिलताको मात्र हेन ,एका तर्फ अशिक्षा र अर्को तर्फ गरिवीको सहि नसक्नु पीडा भेटिन्थ्यो त्यहाँ । जसोतसो बिहानको ४ वज्दा उनले नर्मल अवस्थामा बच्चा त जन्माइन्  तर बच्चा स्वस्थ्य थिएन ,बच्चाको तौल मात्र १ के जी १००ग्राम थियो । तत्काल आइ.सि.यु.मा राख्नु पर्ने भयो । पीडा मथि झन पीडा थपियो । सुत्केरी आमालाई हाम्रै नजिक ल्याएर राखियो ,बाबु आमा र  छोरीको मलिम अनुहार अज लोलाउदै जादै थियो ।

विहानको ६ वज्यो ,सबै चिया खाने तरखरमा,लागे वरा ति मधेशीमुलका व्यक्ति चिया पसल त पुगे तर उनले त्यो पसलमा “मलाई चिया दिनुस”भत्रे हिम्म तगरेका थिएनन् । हाम्रो समाजमा जति नै पढेलेखे पनि ,जति नै आफुलाई सुपरस्टार बनाए पनि भित्रि चेतना सारै दया लाग्दो छ । मदेशीले पहाडिलाई हेप्ने,पहाडिले मदेशीलाई हेप्ने, शिक्षितले अशिक्षितलाई हेप्ने ,धनिले गरिवलाई हेप्ने अरुलाई मान्छे नठात्रे चलन सारै घिनलाग्दो छ । के यो चेतना स्तर युगयुगान्त सम्म यसरीनै जाने हो ? हामीले उनको चियाखाजा खाने आशय बुज्यौ र सहयोग ग¥यौ ,उनी खुशी भए मुसुक्क हाँसे । त्यो दिन र रात पनि हामिले साथमै वितायौ ।

उनीहरुको बच्चा आई.सि.यु मै थियो । यता उनका घरतिरका कोहि नाताले पनि पोन गरेका थिएनन् । उनका श्रीमान् पनि सम्पर्कमा थिएनन् र उनिहरु टुटेफुटेको नेपाली भाषामा भन्दै थिए ,केटाले दाइजोमा एउटा मोटरसाइकल मागेको र मोटरसाइकल दाइजो नपाएकै कारण उ त्यो बेला सम्म सम्पर्कमा नआएकोरे । निकै महगो हस्पिटल अनि त्यहाँको आइ.सि.यु वेडको चार्ज निकै जटिल थियो । उनीहरु बेखर्ची देखिन्थे । भोलीपल्टको चार वज्दा सम्म हामी सँगै छिमेकीझै भएर वस्यौ । अनुभवहरुले मेरो मस्तिष्क भरिदै थियो । तर हामी डिस्चर्ज भयांै र वाहिरियांै ,मेरो मन भने त्यो कारुणिक कथाको क्लाइमेक्समै अझै अल्झिरहेको छ ……………..अल्झिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी