मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद

  • सोमवार, मंसिर ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मंसिर ५, सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद उत्पन्न भएको छ ।

ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेका हुन् ।

मतपेटिका छाडेर हिडेपछि विवाद उत्पन्न भएको र घटनाबारे छानविन भईरहेको दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले बताए। लापर्बाही हो वा जानीजानी भएको हो त्यसबारे बुझ्न बाँकी भन्दै मुख्य निर्वाचन अधिकृत वाग्लेले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेको उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ