काठमाडौं, ४ मंसिर । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएको विप्लव नेकपाले जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई भने बिथोल्ने प्रयास गरेको छ । केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने विषयमा सहमति नबनेपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएर चुनावमा सहभागी भएको थियो । निर्वाचन आयोगलाई निर्वाचन सार्न आग्रह गर्न पुगेको विप्लव नेकपाको पार्टी दताृ सम्भव नभएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा भाग लियो ।
स्वतन्त्र उम्मेद्वारी दिएका विप्लवका कार्यकर्ताको पराजयपछि पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन भने बहिस्कार गर्ने निर्णय गर्यो ।सोहि निर्णय अनुसार आज जारी निर्वाचनमा अवरोधको प्रयास गरिरहेको छ । स्थानीय तह निर्वाचनमा पिप्लव स्वयम मतदान गर्न मतदानस्थल पुगेपनि नामावलीमा नाम नै नभेटिएपछि फर्किएका थिए ।
स्थानीय तह निर्वाचनमा आफै मत हाल्न गएका विप्लव आईतवारको प्देश तथा प्रतिनिधिसभा निर्वाचनमा मुख्य चुनौति बनेका छन् ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।
चुनाव बिथोल्ने रणनीतिमा रहेको विप्लव नेकपाका दुई कार्यकर्ता बम बनाउदै गर्दा विस्फोट भएर घाईते भएका थिए । कार्तिक ३० गते नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको थियो । बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार विप्लव नेकपाको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष रहेका क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट हुँदा क्षेत्री र धर्म बडुवाल घाइत भएका थिए ।
यस्तै भोजपुरको पौवादुम्बा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई लक्षित गरि बम विष्फोट हुँदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएका छन् । उनी पनि विप्लव कार्यकर्ता नै भएको प्रहरीले जनाएको छ ।