चन्द समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर

चन्द समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

चितवन, ४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।

राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

‘ मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुन: सुरु भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी