निर्वाचनको पूर्वसन्ध्यामा बालेन शाह किन गए भैरहवा ?

निर्वाचनको पूर्वसन्ध्यामा बालेन शाह किन गए भैरहवा ?

  • शनिबार, मंसिर ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भैरहवा, ३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिवार साझ भैरहवा भेटिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मेयर शाह रुपन्देहिको भैरहवामा भेटिएका हुन् ।

भैरहवाको टेलिकमिनिकेशनको अपोजिट आवा सडकमा रहेको एक पानीपुरी पसमा मेयर शाह शनिवार शाझ भेटिए । मेयर शाह आउने जानकारी पाएपछि पानीपुरी पसलको भित्र पट्टी सफा गरेर बस्ने व्यावस्था मिलाईएको थियो । उक्त पसलमा केहिबेर बसेर भेटघाट गरि उनी बाहिरिएका थिए ।
आईतवार हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको पूर्वसन्ध्यामा मेयर शाह अचानक भैरहवा पुग्नुलाई चासोका रुपमा हेरिएको छ । निर्वाचन पूर्वको स्थिर समय मा भैरहवा पुगेका मेयर शाह आफ्नो पक्षमा उम्मेदवारलाई सहयोग गर्ने उदेश्यले गएको हुनसक्ने आशंका गरिएपनि यसअघि नै आफ्नो कुनै दलसँग सम्बन्ध नरहेको र कसैलाई समर्थन नगरेको बताईसकेका थिए ।

हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भन्दै प्रचार प्रसार गरिएपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।

हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमाआयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन रु, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको थियो ।
जवाफमा शाहले आफू कुनै पनि दलमा आबद्ध नरहेको स्पष्ट पारेका थिए ।
तर निर्वाचनको अघिल्लो दिन रातको समयमा मेयर शाहलाई भैरहवामा भेदिएपछि स्थानीयले किन आए भन्नेबारेमा आशंका जनाएका थिए । निर्वाचनको दिन सरकारले अत्यावश्यक बाहेकका सबै सवारी सधान सन्चालनमा रोक लगाएको छ ।भने हवाई सेवा तर्फ पनि आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

                       भैरहवाको पानीपुरी पसलमा बालेन शाह ।

उता, भोली हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहिको भैरहवाका १३ वटै वडामा पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन् । रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् । ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ ।

कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन् । रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन् ।

त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् । रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार समग्र जिल्लामा तयारी पूरा भएको छ । विहान ७ बजे देखि मतदान हुने हुदा सबै जनशक्तिहरु फिल्डमा पुगिसकेका छन् । जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ