पानी ट्यांकरकाे ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

पानी ट्यांकरकाे ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

  • शनिबार, मंसिर ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

भक्तपुर, ३ मंसिर ।
भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको लगि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ । ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने बर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी