नेपाललाई ध्वस्त पार्न ल्याइएको संविधान जसको कारणले नेपालमा जातीय, धार्मिक, क्षेत्रीय हतियार बन्द युद्ध फैलिई गृहयुद्धको जस्तो दुरा अवस्था फैलिई दक्षिण सुडान, कङ्गो जस्तो हालतमा नेपाल पुग्छ त्यहि मौकामा अमेरिका तथा भारत सैनिक हस्तक्षेप गरि नेपालमा आम्र्मड वेस क्याम्प बनाई चीनसँग गुरिल्ला युद्ध गरि तिब्बतलाई चीनसँग छुट्याई चीनको विकास प्रगती र समृद्धिको गतिलाई रोक्ने भन्ने सपना देखेका थिए तर नेपालमा सविधान जारी भएपछि न जातीय युद्ध, न क्षेत्रीय, न धार्मिक युद्ध नै भयो सबै नेपालीको चुनावमा भागलिई शान्तिपूर्वक जीवनयापन गरिरहे । बरु नेपाल संविधान जारी भएपछि भारतको अमानवीय नाकाबन्दीको सामना गर्दै चीनसँग टे«ड एण्ड ट्रान्जिट सम्झौता (Transe Himalayan Multiditional Connectivities) हिमालयपार बहुआमिक सम्बन्ध, सांद्याई कर्पोरेशनको सदस्यता तथा हिमालयपार अप्टीकल फाइवर भित्राएर भारत सँगको आफ्नो परनिर्भरता पूर्णरुपमा सिध्याउन सफल भयो ।
अब भारतले चाहेर पनि नाकाबन्दी लगाउन सक्ने अवस्था छैन । ठूला ठूला पूर्वाधारहरुको निमार्णका कामहरु चीनिया आर्थिक तथा प्राविधिक सहयोगमा अधि बढिरहेको छ । झन् जलविद्युतमा त आत्मनिर्भर भई निर्यात समेत गर्न थालिसकेको छ । मित्रराष्ट्र चीनसँग ठूला पूर्वाधार विकासका सम्झौताहरु भइसकेको छ । यहि चीन र नपालको सम्झौतामा आधारित ठूला पूर्वाधारको परियोजनाहरुलाई असफल पारि चीन र नेपालको मित्रतालाई सत्रुतामा परिवर्तन गर्न परमादेशद्धारा अहिलेको गठबन्धन सरकार बनेको हो । यो परमादेश सरकार आसन्न निर्वाचनको लागि आपसी गठबन्धन गरि बहुमत ल्याई राष्ट्रपतिमा बाबुराम भट्टराई जस्तो गद्धार लेण्डुपलाई लगि नेपाली सेना कब्जा गरि सेना संचालनको साँचो अमेरिकी भारत गठबन्धनलाई सुम्पने दाउमा छन् । यिनीहरु मित्रराष्ट्र चीनसँग नेपालको सम्बन्ध बिगारी चिनी आर्थिक तथा प्राविधिक सहयोगमा आधारित ठूला पूर्वाधारमा परियोजनाहरु गर्न नदिने दाउमा छन् त्यति मात्र कहाँ हो र संसदीय सर्वसम्मती द्धारा नेपालको नक्सामा जोडिएको कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको चुच्चे नक्सा पनि भारतसँग वार्ता गर्न सहज वातावरण हुने नाउँमा नेपालको नक्साबाट हटाउने दाउँमा छन् । एम.सि.सि. पास गर्ने जस्तो राष्ट्रघाती काम यो गठबन्धन नामको ठगबन्धन सरकारले गरिसक्यो । आसन्न आम निर्वाचनमा अमेरिकी तथा भारतीय दलालहरु सम्मीलित भई संयुक्त रुपमा चुनाव लडिरहेछन् सरकार यिनीहरुको नै छ । यिनका विदेशी मालिकहरुबाट पैसा यिनीहरुलाई नै आइरहेको छ । बिक्रीमा रहेको पितपत्रकारहरु र मिडियाहरु यहि चुनावी गठबन्धन प्रचार प्रचार निर्लज्ज रुपमा गरिरहेका छन् । पैसा र पदमा बिक्री भएका वुद्धिजीविहरु पनि यहि गठबन्धनको प्रचारकको भुमिकामा छन् अहिले । आफ्नो चीन विरोधी एजेण्डा अधि बढाउन अमेरिकाद्धारा गठित तथा पोषित स्वतन्त्र पार्टी नामधारी विभिषणहरु अमेरिकी पैसाकै आधारमा धुर्वाधार प्रचार गरि नेपाली जनतालाई झुक्याउने प्रयत्नमा छन् । यिनीहरु अमेरिकी साम्राज्यवादीहरुका प्लान बी मात्र हुन्, अमेरिकी हित हेर्न अराष्ट्रवादी हुन् यी गठबन्धन भन्दा पनि नेपाल र नेपाली जनताको स्वाभिमान, राष्ट्रियता पहिचान तथा विकासको नेपालको कोशिस तथा गति रोक्ने भाइरसहरु हुन् । त्यसैले आदरणीय नेपाली जनसमुदायहरु यि भाइरसहरुको भ्रममा नपरौ यिनीहरु गठबन्धन कै अर्को रुपमा आएका राष्ट्रघाती अमेरिका तथा भारतीय एजेन्टहरु हुन् । गठबन्धन र यी स्वतन्तहरुलाई भोट दिनु भनेको आफु पनि राष्ट्रघाती हुनु हो तसर्थ देशको स्वाभिमान र गरिमालाई उँचो राख्ने कार्यमा सफल भएको नेपालको भूगोल केहि रुपमा भए पनि ठूलो बनाएको, जनताहरुमा विकास र संमृद्धि आशा जगाएको पार्टी तथा उम्मेदवारहरु र त्यो पार्टी जसले यो राष्ट्रघाती संविधान खारेजीको माग गर्दछ, त्यहि पार्टीहरु तथा उम्मेदवादहरुलाई आफ्नो अमुल्य मत दिई आफुलाई राष्ट्रवादी भएको प्रमाणित गर्नुहोस् । हेर्नुहोस् यस गठबन्धनमा को को छन् त ? प्रचण्ड जसले नेपाल विरुद्ध विदेशीको इशारामा हतियार उठाए त्यति मात्र कहाँ हो र, राजा महेन्द्रले देशको अर्थिक प्रगती र रोजगारीका लागि खोलेका ठूला ठूला उद्योगहरु बाँसबारी छाला जत्ता कारखाना, विरगंज सुगर मिल, जनकपुर चुरोट कारखाना क्रमश हरु नेपाली काँगे्रसको सरकारले भारतीय ईसारामा उदारीकरण बजार अर्थब्यवस्थाको नाममा बेचेर खाई देसमा ब्यापक बेरोजगारीको स्थितिमा पू¥याईसकेको थियो त्यतिले पनि नपुगेर भारतले प्रचण्डलाई उक्साई नेपालका पूर्वाधारका क्षेत्रहरु बम बिस्फोट ध्वस्त गर्ने, गाउँगाउँमा आतङ्क फैलाउने जस्ता कार्यहरु गरि नेपाली यूवाहरुलाई विदेश पलायन हुने अवस्था सृजना गरि यूवा पलायन पछि नेपालको कृषि उत्पादनमा अधिकरुपमा कमि आयो, नेपाल कृषिजन्य उत्पादन निर्यातक देसबाट कृषिजन्य बस्तु आयात गर्ने देसको रुपमा परिवर्तीत भयो । विदेशी पलायन भएका युवाले पठाएको रेमिटेन्स, बंगाल, बिहार, यूपी र उत्तराखण्डमा उत्पादित गुणस्तरहिन कृषिजन्य उत्पादन डलर तिरेर आयात गर्ने स्थितीमा पुग्यो । त्यस समयमा इतिहासमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भयो ।
आजसम्म पनि नेपाल करिब रु ६ खर्बको कृषिजन्य उत्पादन त्यहि भारतबाट आयात गरि उपभोग गरिरहेको छ । भारतको प्रष्ट निर्देशनमा भएको यो आर्थिक राष्ट्रघातले देस आर्थिक रुपमा ५० सौं बर्षपछि धकेलिएको छ । यसका प्रमुख अपराधी प्रचण्ड र उनको माओवादी पार्टी हो र नेपाली काँग्रेस त्यसको सहयोगी पार्टी हो । आसन्न निर्वाचनका लागि यी दुबै राष्ट्रघातीहरुले अरु पनि केहि दलाल पार्टीहरु समातेर गठबन्धन नाउँको ठगबन्धन बनाएका छन् । यिनीहरुलाई ठूलो राजनैतिक दण्ड दिई आम निर्वाचनमा पूर्णरुपले पराजीत गरि नेपाली राजनीतिबाट बिदा दिनपर्ने बेला आएको छ किनकी यो ठगबन्धन आर्थिक रुपले पनि राष्ट्रघाती हो भारतीय आर्थिक हितको पृष्ठपोषक हो । मदन भण्डारीको हत्यापछि उदाएको शेरबहादुर देउवा र माधव कुमार नेपाल, भारतको धर्मपुत्र बाबुराम भट्टराई जसले आफु प्रधानमन्त्री भएको बेलामा भारतसँग मात्र विप्पा सम्झौता ग¥यो । विमानमा इयर मार्सल राख्ने व्यवस्था गर्न खोज्यो, देसलाई नै टुक्राउछु भन्ने नारा लिएर मधेशवादी पार्टीमा गएका महन्त ठाकुर जस्ता व्यक्तिहरु छन् । यो गठबन्धन नेपाल विरोधी मात्र होइन मित्र राष्ट्र चीन विरोधी पनि हो । अहिले मौका छ नेपाली जनताहरुलाई राष्ट्रवादीहरुलाई आफ्नो मत दिएर निर्वाचित गराई देश जोगाउने । अहिले चुक्यो भने अर्को ५ वर्षभित्र नेपाल भारतको गुलाम राष्ट्र बन्नेछ । सबैमा चेतना भया ।
लेखक: अर्थविद् तथा पूर्व स्थानिय निकाय बित्त आयोग विज्ञ सदस्य र राप्रपाका पूर्व केन्द्रिय सदस्य हुन् ।
(यो लेखकको नीजि विचार हो ।- सम्पादक)