सारा नेपाली जनमानसले बुझ्नै पर्ने कुरा के हो भने नेपालको वर्तमान राजनैतिक, आर्थिक, सामाजिक तथा धार्मिक अव्यवस्था किन र के कारणले यस्तो दयनिय भयो भन्ने कुरा हो । यसको उत्तर त्यति सजिलो छैन यसका लागि ऐतिहासिक पृष्ठभुमि नै बुझ्नपर्ने हुन्छ ।
मल्लकालमा नै क्रिश्चियानेटीका सुत्रधार केपूचिन पादरीहरु भित्री सकेका थिए र ठूलो नेवार समुदायलाई क्रिश्चियन बनाई धर्मान्तरण गरिरहेका थिए तथा काठमाडौं, भक्तपुर र पाटनका मल्ल राजाहरुको राजनैतिक निर्णयहरुमा समेत हस्तक्षेप गर्न थालिसकेका थिए । नेपालको धर्म, संस्कृति र परम्परा माथि धावा बोल्न थालिरहेका थिए । उता भारतमा ब्रिटिस साम्राज्यको दवदवा बढ्न थालिसकेको थियो त्यहि भएर पश्चीम नेपालमा अवस्थित गोर्खा राज्यका राजा पृथ्वी नारायण शाह नेपालको यस अवस्थाबाट चिन्तित थिए उनले आफ्नो धर्म, संस्कृति स्वाभिमान र परम्परा जोगाउन सानो राज्य गोर्खाले मात्र गर्न सक्दैन नेपाल एकिकृत र विशाल साम्राज्य हुनुपर्छ अनि मात्र क्रिश्चियन केपूचिन पदारीहरु जस्तो धार्मिक योद्धाहरु तथा ब्रिटिस साम्राज्यबाट नेपाललाई जोगाउन पर्छ भनी नेपाल एकिकरणको महान अभियान शुरु गरे । अन्तत उनको यो महान अभियान सफल भयो उनी पनि श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाह महानको रुपमा परिवर्तित भए । उनको यो अभियान रोक्न ब्रिटिस इन्डियाले युद्ध सामाग्री र हतियारहरु मात्र होइन आफ्नो सैनिकहरु नै पठाई मल्ल राजाहरुलाई सहयोग गरे तर बिर गोर्खालीहरुको अदम्य साहास, बहादुरी र स्वाभिमानी चरित्रले गर्न उनीहरु लज्जाजनक रुपमा पराजीत भयो, गोर्खालीहरु पूर्ण विजयी भए, मल्ल राजाहरु ढले ।
ऐकिकरणको महान अभियान सफल भयो । यो अभियान सफल भई श्री ५ पृथ्वी संम्पूर्ण नेपालको महाराज भएको तुरुन्तै नेपाललाई “असली हिन्दुस्तान” भनि केपूचिन पदारीहरु तथा यीनका मतियारहरु क्रिश्चियन नेपालीहरुलाई रातरात देश निकाला गरि नेपाललाई क्रिश्चियनहरुको जालोबाट मुक्त गरे । यस घटनाको सयौँ वर्ष पछि “बायन हडलन” नामक एक ब्रिटिस रेजिडेन्टले “एचष्कयलभच या प्बतजmबलम” नामक पुस्तक लेखि श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहले किर्तिपुरेहरुको नाक कान काटे जसको तौल १७ धार्नी थियो भन्दै पृथ्वी नारायणलाई क्रुर युद्ध पिपासु शासक थिए भनि दुस्प्रचार गरि बदनाम गरे र उनको राष्ट्र र देशभक्तिको अवमुल्यन गरे । भनाईको अर्थ के हो भने नेपाली राजसंस्था र नेपाली संग पश्चिमा राष्ट्रहरु ज्यादै रिसाएका थिए । बदला लिने दाउमा थिए तर, नेपालीहरुको अदम्य साहास तथा बहादुरीले गर्दा तिनीहरुको प्रयास निस्फल भयो ।
उता मित्रराष्ट्र चीन माओको नेतृत्वमा ई.सं.१९४९ मा साम्राज्यवादी शक्तिहरुको चंगुलबाट मुक्त भई विशाल “जनवादी चीन” को रुपमा उदय भयो तथा केहि समयमा नै “जनवादी गणतन्त्र चीन” ले तिब्बतलाई आफ्नो भुमिको रुपमा अंगीकार ग¥यो । यसको केहि समयमा नै तिब्बतबाट तत्कालिन तिब्बती सरकारका धार्मिक शासक दलाई लामा र उनको सामन्ती भारद्धारहरु भागि भारतमा शरणार्थी बनि मित्र राष्ट्र चीन विरोधी आन्दोलनमा संलग्न भए ।
तिब्बतको ऐकिकरणको केहि बर्षहरुमा नै विशाल जनसंख्या, पुरातन, सभ्यता ठूलो भू–भाग भएको चीनले अभूतपूर्ण प्रगति गरिरह्यो, यसबाट पश्चिमाहरु तर्सिए । चीनलाई मान्यता दिन संयुक्त राष्ट्र संद्यको सदस्य बनाई यसको सुरक्षा परिषदको पाँच पर्मानेन्ट सदस्य राष्ट्रको रुपमा भिटो प्रयोग गर्न पाउने देशको रुपमा रहन नेपालले संयुक्त राष्ट्र संद्य र अरु वैदेशिक स्तरका मञ्चहरुमा चीनलाई पूर्ण रुपले सहयोग ग¥यो । यस घटनाबाट नेपाल र चीनको मित्रता प्रगाढ बन्यो तर अमेरिका, युरोपेली राष्ट्रहरु र भारत नेपाल तथा चीन दुबै संग चिडिई दुबै नेपाल तथा चीनलाई पाठ पढाउन दुबै राष्ट्रहरुको अस्मिता तथा सार्वभैमिकता नै मेटाई दिने भनि अनवरत प्रयास तथा षड्यन्त्रहरु गरिरहे । तर, यिनको यो दुस्प्रयास सफल भएन यिनीहरु आजित तथा लज्जीत हुन पुगे । यहि अवधिमा राजा महेन्द्रको नेतृत्वमा नेपाल विकासको दिशातिर मात्र लम्केको थिएन अन्तराष्ट्रिय मोर्चाहरुमा समेत प्रतिष्ठित राष्ट्र बनिसकेको थियो । उता चीन आणविक शक्तिले सुसम्पन्न एउटा गतिशील र विकशित शक्ति राष्ट्र बन्ने दौडमा दैडिरहेको थियो । अमेरिका सहित पश्चिमा राष्ट्रहरु र भारत चीन र नेपालको प्रगती, विकास र आपसी मित्रताबाट ज्यादै चिडिएर चीन तथा नेपाल दुबै विरुद्ध पड्यन्त्र गर्न थाले । यसको शिलशिलामा तिब्बती शरणार्थीहरुको टोली गठन गरे । भारतमा हतियार टे«निङ्ग गरि नेपालको मुस्ताङ जिल्लालाई बेश क्याम्प बनाई मित्र राष्ट्र चीनको बिरुद्ध हतियार बन्द गुरिल्ला युद्ध गरि तिब्बती जनतालाई आतंकित बनाउन थाले । यीनिहरुलाई हतियार तथा गोला बारुद भारतले अमेरिकी इशारामा आपूर्ती गर्न थाल्यो । यस घटनाबाट चीन सरकार अनविज्ञ थिएन उसले नेपाल सरकारलाई विद्रोह दवाउन अनुरोध ग¥यो । नेपालले पनि आफ्नो बहादुर नेपाली सेनालाई प्रयोग गरि उक्त तिब्बती शरणार्थीहरुको हतियार बन्द बिद्रोहलाई (खम्पा विद्रोह) पूर्ण रुपले पराजय गर्दै त्यसको नेता वाङ्गदीलाई परमधाम पु¥यायो, त्यसबाट चीन सरकार नेपाल र नेपाली सँग ज्यादै खुशी भयो तर अमेरिका सहित पश्चिमी राष्ट्र तथा भारत नेपाली राजासँग ज्यादै क्रुद्ध भए ।
नेपाली सेना र नेपाल सरकारले खम्पा बिद्रोहको पूर्ण दमन गरेपछि अमेरिका तिब्बतलाई चीनबाट टुक्राउन जबसम्म नेपाल एकीकृत र सिंगो रहन्छ तबसम्म सकिदैन भन्ने निर्णयमा पुगी ऋ।क्ष्।ब्। को बैठकमा नेपाललाई कुनकुन कारणहरुले गर्दा एकीकृत बनाएको छ त भन्ने विषयमा गहन अध्ययन गरि निस्कर्ष निकाले उनिहरुले राजसंस्था, वैदिक सनातन धर्म तथा नेपालीहरुको आपसी भाईचारा र सद्भावले नेपाललाई एकिकृत बनाएको रहेछ भन्ने निस्कर्षमा पुगे यसैलाई तोडि नेपाललाई छिन्नभिन्न बनाउन गणतन्त्र, धर्म निरपेक्षता र संद्यीयताको नारा बोक्ने राजनैतिक दल खडा गरि नेपाललाई आन्तरिक द्धन्दमा फसाई अन्तमा आफ्नो कठपुतली सरकार बनाई नेपालमा संयुक्त राष्ट्र संद्यको शान्ति सेनाको रुपमा आफ्नो सेना ल्याई मित्रराष्ट्र चीनबाट तिब्बतलाई अलग गर्ने योजनामा लागे । चीनको समृद्धि, विकास र शक्तिलाई रोक्ने रणनीतिमा लगे । यसको सिलसिलामा भारत त नेपाल तथा यसको राजसंस्था संग अत्याधिक चिडिएको थियो, अमेरिकाले भारतलाई हतियार पनि दिन्छु पैसा पनि दिन्छु एउटा राजनैतिक दलरुपी आतंककारीहरुलाई ठाउँ दिनपर्छ भने पछि उ साष्टाङ्ग दण्डवत गर्दै अमेरिकी प्रस्ताव मान्न तयार भयो । यिनीहरुले प्रचण्ड र बाबुराम भट्टराईको नेतृत्वमा नेकपा माओवादी नामक आतंककारी संगठन गठन गरि राजनैतिक जामा पहिनाएर गणतन्त्र, संद्यीयता र धर्म निरपेक्षताको एजेण्डा दिएर नेपाल र नेपाली विरुद्ध युद्ध गर्न पठायो । यहाँका तत्कालिन राजनैतिक दलहरुलाई त भारतले गुन्द्रुकको मोलमा किनि सकेको थियो । सत्र हजार नेपाली जनताको मृत्यु पछि अमेरिकी सहयोगमा भारते दिल्लीमा माओवादी र नेपालका तत्कालिन राजनैति दलहरु बिच १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर अब हुने संविधानमा गणतन्त्र, धर्म निरपेक्षता र संद्यीयता राज्यको मार्गदर्शक सिद्धान्त हुनेछ भनि घोषणा गरायो । यी दुबै खाले लेण्डुपहरुले त्यसदिन नेपाल बेचे, नेपालको अस्मिता बेचे नेपाल र नेपाली रोए । संविधान सभाको नाममा अनेक पटक चुनावी नौटङ्गी भयो देशको विकास र निमार्ण रोकियो । भष्ट्राचार चरम चुलीमा पुग्यो, देश गरिबतम् राष्ट्रको रुपमा परिवर्तन भयो तर, अनेक जालझेलको फलस्वरुप नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संद्यीयतालाई मुलमर्म मान्ने संविधान जारी भयो र लेण्डुपहरु चुनावको नाममा नटकबाट पटक पटक सत्तामा गए देशलाई लगातार लुट्दै रहे । यस अवधिमा विदेशी हस्तक्षेप बढ्यो । नेपालको असंलग्न पराराष्ट्र नीतिको धज्जी उढि नेपाल अमेरिकी तथा भारतीय साम्राज्यबाद खेमाको पिछलग्गु र पछौटे राष्ट्र हो भनि स्थापीत भयो तथा चीन विरोधी राष्ट्रको रुपमा प्रमाणित भयो । नेपालका गणतन्त्र, सद्यीयता र धर्म निरपेक्षता मान्ने सत्ताधारी दलहरु जनताको नजरमा गिरे भनेर त यहि संद्यीयता मात्र नमान्ने तर गणतन्त्र र धर्म निरपेक्ष मान्ने भन्ने एउटा समूहलाई स्वतन्त्र पार्टीको रुपमा अमेरिकाले नेपाली राजनीतिमा उतारेको छ, यसलाई लगानी गरेको छ, यसको प्रचारप्रचार गरेको छ । नेपाली जनता यसबाट दिग्गभ्रमित हुन लागेको जस्तो देखिन्छ । अब हुने आम निर्वाचनमा नेपाली जनताले राष्ट्रवादी नेता भएको जसले भारतलाई पटक पटक झुकाएको मित्र राष्ट्र चीनसँग बिभिन्न सन्धीहरु गरि नेपाललाई भारतीय पूर्ण रुपमा निर्भरताबाट मुक्त गरेको र नेपालको नक्सा चुच्चे बनाएको छ तथा जुन पार्टीले संविधान खारेजीको मुद्धा उठाएको छ त्यसैलाई आगामी निर्वाचनमा आफ्नो अमुल्य मत दिई विजयी गराउन हुन म अनुरोध गर्दछु । अन्यथा यहि यो संविधानलाई सत प्रतिशत मान्ने ठगबन्धन तथा स्वतन्त्र पार्टीका उम्मेदवारहरुको सरकार बन्यो भने केहि बर्षमा हामी नेपालीहरुले मेरो देश नेपाल भन्न पाउने छैनम् नेपाली भएर बाँच्न पाउँने छैनम् भारतको गुलाम बनि भारतीय राष्ट्रगान गाउनै पर्ने अवस्था आउने छ । सबैमा चेतना भया ।
लेखक: अर्थविद् तथा पूर्व स्थानिय निकाय बित्त आयोग विज्ञ सदस्य, पूर्व केन्द्रिय सदस्य रा.प्र.पा.