भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा बम विष्फोट,एक जना घाईते

भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा बम विष्फोट,एक जना घाईते

  • बुधबार, कार्तिक ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

विराटनगर,३० कार्तिक । भोजपुरको पौवादुम्बा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । विस्फोटमा परि भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएका छन् । उनलाई खुट्टामा चोट लागेको छ । बम उनले नै बोकेको शंका प्रहरीले प्रारम्भिक रुपमा गरेको छ ।
श्रेष्ठ विप्लव कार्यकर्ता भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । घाईतेको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । ‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस प्रवक्ता प्रकाशशरण महत भोजपुर पुगेका छन् । अहिले आमसभा भने सुचारु रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ