नापी विभागबाट राजीनामा दिएर निर्वाचनमा होमिएका अर्याल भन्छन्- म धेरै उत्साहित छु

नापी विभागबाट राजीनामा दिएर निर्वाचनमा होमिएका अर्याल भन्छन्- म धेरै उत्साहित छु

  • मङ्लबार, कार्तिक २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, २९ कार्तिक। 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार ईश्वर अर्यालले चुच्चे नक्सा देखाएर मतदातासँग भोट मागिरहका छन् । नापी विभागबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अर्याल चुच्चे नक्सा बाँड्दै भोट मागिरहेका देखिन्छन् ।

उनले यसअघि देशका सातवटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको नक्सा निःशुल्क उपलब्ध गराएका थिए । अहिले मतदाताकोमा मत माग्न जाँदा उनले आफ्नो घोषणापत्रसँगै चुच्चे नक्सा पनि बाँड्दै आएका छन् । चुनावी प्रचारका क्रममा उनी देशको सीमाबारे जानकारी दिँदै आफ्नो एजेन्डा सुनाउँछन् ।

‘चापाकल’ चुनाव चिह्नबाट निर्वाचन लडिरहेका उनले मतदातासँग भेट्दा आफू निकै उत्साहित भएको बताए । सरकारी सेवामा अझै १६ वर्ष काम गर्न पाउने अवस्था हुँदाहुँदै उनी राजीनामा दिएर सामाजिक कामसँगै राजनीतिमा होमिएका हुन् ।

चुच्चे नक्सा बोकेर सामाजिक काममा सक्रिय रहेका बेला आफूलाई राजनीतिमा लाग्न सुझाव आएका कारण चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । नेपालमा आर्थिक समृद्धिका लागि कृषि, जलविद्युत् र पर्यटन क्षेत्रलाई सँगसँगै लैजानुपर्ने उनी बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ