सी र बाइडेनबीच भेटवार्ता हुँदै

सी र बाइडेनबीच भेटवार्ता हुँदै

  • सोमवार, कार्तिक २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी, २८ कात्तिक ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो ।  मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।

सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए ।  सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् ।

के विषयमा हुँदै छ छलफल ?
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदै छ ।

जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।

वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

बाइडेनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ संकेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ