दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, एक जना घाइते

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, एक जना घाइते

  • आइतवार, कार्तिक २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कार्तिक २७, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी घाइते भएका छन् ।नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण गरेको माओवादी केन्द्रको आरोप छ ।

एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले आरोप लगाए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए ।
सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा परेका धामी नेकपा माओवादी केन्द्र दार्चुला(काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ