सीमा सुरक्षा बैठक सम्पन्नः मतदानको दिनभन्दा अगाडि ७२ घण्टा सीमा बन्द गर्ने

सीमा सुरक्षा बैठक सम्पन्नः मतदानको दिनभन्दा अगाडि ७२ घण्टा सीमा बन्द गर्ने

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

विराटनगर, २६ कात्तिक । आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ ।

भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागार्इं तथा भारतका तर्फबाट अररियाका डिएम इनायक खानसहित एसपी र सीमाका एसएसपी प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा मङ्सिर ४ गते नेपालमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा अगाडि ७२ घण्टा सीमा बन्द गर्ने, लागुऔषध ओसारपसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरूपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उहाँले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरूपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिनुभयो । बैठकमा भारतको बथनहास्थित मीरगञ्ज पुलका विषयमा पनि चर्चा भएको र सो पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी महिना पुल सञ्चालनमा ल्याउने परिपत्र आएको जानकारी डिएम खानले दिनुभएको थियो ।

बैठकमा नेपाली पक्षले लागुऔषधको ओसारप्रसार नियन्त्रण तथा रोकथामका विषयमा छलफलमा ल्याएको थियो भने भारतीय पक्षले नेपाली बजारबाट भारत जाने अवैध रक्सी पूर्णरूपमा नियन्त्रण हुनुपर्ने भनाइ राखेको प्रजिअ दाहालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ