ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

२६ कार्तिक,ताप्लेजुङ । ताप्लेजुङमा सदरमुकाम फुङलिङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।

उनका अनुसार फुङलिङ नगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिंडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि घ्याङ डाँडामा दुर्घटना भएको हो । डीएसपी राईका अनुसार गम्भीर घाइते भएका अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ