काठमाडौं, २५ कार्तिक । अब देखि काठमाडौं महानगरपालिकाभित्र खुला रूपमा आगो बाल्न नपाइने भएको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै खुला रूपमा आगो बाल्न निषेध गरेको हो।
काठमाडौं महानगरपालिका क्षेत्रमा खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरूले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ।
यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
चिसो बढेसँगै काठमाडौंमा समेत खुल्ला स्थानमा आगो बालेर ताप्ने कार्य हुनेगरेकोले महानगरले अबदेखि त्यसरी आगो बाल्न नदिने भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline