ओहो यो कस्तो विडम्बना ! तथाकथित गठबन्धन खुल्लम खुल्ला रुपमा यो संविधानको रक्षाको लागि भनेर आम चुनावमा भोट मागी रहेछन् । तथाकथित स्वतन्त्र पनि यो संविधानको संद्यीयताको मात्र विरोध गरि नेपाली राष्ट्रियता,पहिचान, धम,संस्कृतिको वेवास्ता गरि यो संविधानका अरु घिनलाग्दो पाटोहरुको वेवास्ता गर्दै संविधान खारेज गर्नुपर्छ भन्नु भन्दा सुशासन, भष्ट्राचार विकासका नाराहरु बोकि जनतालाई झुक्याउँदै टाउको पछाडीबाट कान छुने प्रयास गरिरहेछन् । यी स्वतन्त्र भनाउँदा पनि नेपाली राष्ट्रियता, स्वाभीमान, भौगोलिक अखण्डता, धर्म संस्कृति, परम्परालाई नामेट गर्ने उद्देश्यले भारत र अमेरिकाले ड्राफ्ट गरेको दिल्लीमा भएको १२ बुँदे राष्ट्रघाती सम्झौताबाट फस्टाएका अहिलेका दलहरु तथा यीनको मालिक भारत तथा पश्चिमाहरुको प्लान बि मात्र हुन । किनकी यो दलहरु ज्यादै गनाईसके त्यसैले आफ्नो एजेण्डा अगाडी बढाई नेपाललाई तहसनहस पारि आफ्नो आर्मण्ड बेस बनाई मित्र राष्ट्र चीनबाट तिब्बत टुक््रयाउनको लागि पश्चिमाहरु तथा भारतद्धारा राखिएका एक्स्ट्रा खेलाडीहरु मात्र हुन् । यी स्वतन्त्र भनाउँदाहरुले कसरी देस विकास गर्न सक्छन् ? बिना बहुमत सरकारमा गएर सरकारमा जानुपरेमा पनि पुराना १२ बुँदेबाट फस्टाएका दलहरुको बैशाखी मान्नै जानपर्ने हुन्छ यो ध्रुव सत्य हो तर यीनिहरु नेपाली जनतालाई भ्रममा पार्दै हामी यसो गछौं उसो गछौं नेपाललाई हिरा बनाउँछौ भनी सेख चिल्लीका सपनाहरु बाँडिरहेछन् । अनि नेपालका पश्चिमा तथा भारत पोषित नेपाली संचार माध्यमहरु गठबन्धन वास्तवमा ठगगठबन्धन कि स्वतन्त्रलाई भोट दिनुपर्छ भनी प्रचार गरिरहेका छन् त्यस्तै युट्यूब, टिकटक र ह्वाटस् एपबाट आपूm सर्वज्ञानी भएको समुदाय पनि यहि कुरा सत्यमानी गठबन्धनको विकल्प स्वतन्त्र हुन् भनि नितान्त झुठो प्रचार गरि जनतालाई दिग्भ्रमित गरिरहेका छन् । अज्ञानता र दरिद्र मानसिकताले ग्रसित नेपाली जनता यसैलाई सत्य हो भन्ने भ्रममा पर्न लागेको देखिन्छ ।
यो १२ बुँदे सम्झौताबाट आएको तथाकथित जनताको संविधानले के ग¥यो त ? विकास ग¥यो ? संमृद्धि ल्यायो ? भष्ट्राचारको अन्त्य गर्यो ? नेपालको पहिचान बढ्यो ? राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामा वृद्धि गर्यो ? केहि पनि भएन । बरु यसले त नेपाल MCC पास गरि आफ्नो दशकौँ लामो असंलग्न परराष्ट्र नीतिलाई तिलान्जली दिई आफुलाई अमेरिकी दलाल भएको पुष्टी ग¥यो यति मात्र होइन यसले युक्रेन, रसिया युद्धमा आफुलाई अमेरिकी पक्षधर साबित गरि युक्रेन पक्षमा उभिएर अमेरिकन दलाल हुँ भनि प्रमाणित गर्यो तथा नेपाल मित्र राष्ट्र चीन विरोधी राष्ट्र हो भनि प्रमाणित गर्यो ।
नेपाली काँग्रेस, माओवादी अहिलेका गठबन्धनमा भएका राष्ट्रघाती विदेशी दलाल दलहरु भारतीय नाकाबन्दीमा भारतको विरोधमा चूँ सम्म बोल्न नसकेको मात्र होइन नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेनन् त्यसबेला तत्कालिन प्रधानमन्त्री के.पी.ओलीले भारतलाई झुकाएकै हुन् । त्यहि अडान तथा नेपाललाई भारतसँग पूर्णरुपमा आस्रित बनाउन हुन्न भन्ने सोचमा के.पी. सरकारले चीनसँग सम्झौता गरि ट्रान्स हिमालयन अप्टिकल फाइवर चीनबाट ल्याए । त्यस्तै मित्र राष्ट्र चीनसँग टे«ड एण्ड ट्रान्जीट सम्झौता गरि सदाको लागि नेपाललाई भारतसँग पूर्ण आस्रित हुनबाट मुक्त गरे, त्यस्तै सांद्याई कर्पोरेसनको सदस्यता लिए, मित्र राष्ट्र चीनसँग (द्यच्क्ष्) वेल्ट एण्ड रोड इनसिएटिभ अन्तर्गत (Transe Himalayan Multiditional Connectivities) हिमालयपार बहुआमिक सम्बन्ध गरि नेपाललाई भारतीय क्षेत्रबाट मुक्त पारि भारतलाई पराजयको तितो स्वाद चाख्न बाध्य बनाए । चुच्ने नक्सा के.पी.ओलीको अथक प्रयासले नेपाली नक्सामा जोडियो । हो के.पी.ओली यदि भष्ट्राचार हुन भने उनलाई नेपालले कडा भन्दा कडा सजाँय दिनपर्छ तर उनको राष्ट्र र राष्ट्रियता प्रति गरेको ठूलो योगदानको कदर हुनुपर्छ । “यहाँ असल काम गर्नेको कहिल्यै भलो नहोला” भन्नी भीम मल्लको सती पत्नीले दिएको श्राप फेरि चरितार्थ हुन नपरोस । के.पी.ओलीले राष्ट्रियताका लागि ठूलो योगदान गरेकै हुन् । म यो स्वीकार गर्न लजाउँदिन । यहि गरे बापत के.पी.सरकारलाई पश्चिमा र भारतीय शक्तिहरुको प्रभावमा जालझेल गरि यहाँका दलालहरुले पटकपटक सत्रच्यूत गरे ।
आज पश्चीमी पैसाबाट संचालित पितपत्रकार तथाकथित वुद्धिजीवि तथा सामाजिक संजाल ठगबन्धनलाई महिमा मण्डित गर्न सक्ने अवस्थामा नभएकोले त्यहि पश्चिमा र भारतीय शक्तिद्धारा संचालित अहिलेको संविधानलाई धुमाउरोबाटोबाट सतप्रतिशत सर्मथन गर्ने स्वतन्त्र पार्टीका व्यक्तिहरुको महिमा मण्डन गरि आउँदो आम निर्वाचनमा स्वतन्त्रलाई जिताऔं भन्ने अभियान नै चलाएका छन् र राष्ट्रको पक्षमा काम गर्ने तथा नेपालीहरुलाई समृद्धिको आशा देखाउने के.पी.ओलीलाई राक्षसको रुपमा चित्रण गर्ने कार्यहरु भईरहेका छन् । नेपाली दरिद्र मानसिकताले ग्रसित अबुझ केवल सामाजिक संजालबाट ज्ञान लिने जनता के.पी. ओली त राक्षसै हो भन्ने भ्रममा परेका छन् । गठबन्धन सामान्य केहि गर्न नसक्ने हो अब सबै समस्याको समाधान तथाकथित स्वतन्त्र दल वा उम्मेदबारले गर्छ भनी पत्याईरहेको अवस्था छ । आगामी निर्वाचनमा गठबन्धन जिते पनि स्वतन्त्र जिते पनि नेपालको सत्ता हात पार्ने भनेको भारत तथा अमेरिका नै हो त्यसैले म नेपाली जनताहरुलाई नै आब्हान गर्न चाहान्छु, । यि तथाकथित गठबन्धन वास्तवमा दलाल ठगबन्धन र संबिधानको पूर्ण संसोधन गर्न नचाहने अमेरिकी दलाल स्वतन्त्र पार्टी र यसका उम्मेदबारहरुलाई लज्जाजनक रुपमा हराई राष्ट्र र राष्ट्रियता नेपालीको स्वाभिमान रक्षा गर्ने दिशामा सानो भन्दा सानो प्रयास गर्ने, कदम बढाउने वा बोल्ने पार्टी तथा दलका उम्मेदबारहरुलाई आफ्नो अमुल्य मतदिई निर्वाचित गरि आफु पनि देशभक्त भई भारत तथा पश्चिमाहरुको दलाल नभएको प्रमाणित गर्नुहोस् । यदि यो ठगबन्धन वा स्वतन्त्रहरु अत्याधिक मतले विजयी भई फेरी सरकार बनाए भने देशको सार्वभौमिकता नै सकिन्छ नेपालको अस्तीत्व नै नमेट हुन्छ । नेपाल भारतको एक अंग वा सिक्किमको हालतमा पुग्छ । सबै नेपालीहरुमा चेतना भया ।
लेखक
अर्थविद् तथा पूर्व स्थानिय निकाय बित्त आयोग
विज्ञ सदस्य, पूर्व केन्द्रिय सदस्य रा.प्र.पा.