पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २३ कार्तिक ।

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

अधिकारी सोमबार पौने १० बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि परिवारका सदस्यसँग सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बुधबार परिसरमा निवेदन परेको थियो । प्रहरीले उनको मोबाइल सीमकार्डको लोकेसन ट्र्याक गर्ने क्रममा सुन्धारा क्षेत्रमा देखिएपछि प्रहरी र परिवारका सदस्य खोजीमा जुटे ।

होटल–होटल पुगेर खोजतलास गर्दा उनी बसेको होटलको कोठामा भित्रबाट चुकुल लगाएको भेटिएपछि परिवारका सदस्यले फोडेर प्रवेश गर्दा अधिकारी मृत फेला परेका थिए । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले अधिकारीको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध अधिकारी पछिल्लो समय आफ्नै मिडिया खोलेर सक्रिय थिए ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि, अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ