डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने ६ जनाकै सनाखत

डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने ६ जनाकै सनाखत

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

डोटी, २३ कार्तिक । डोटीमा भूकम्पले घर भत्किंदा मृत्यु भएका ६ जना कै सनाखत भएको छ । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा र उनकी छोरी १४ वर्षीया तुल्सी बोहरा, त्यसै गरी ४० वर्षीया भगवती बोहरा, उनका छोरा ८ वर्षीय हर्क बोहरा र १३ वर्षीया छोरी सीता बोहरा रहेका छन् । मृत्यु हुनेमा १४ वर्षीया धनसरी बोहरा रहेकी छन् ।

आज मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किदा अन्य ७ जना घाइते भएका छन्।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।

घाइते हुनेहरुमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महाबीर बोहरा, केशबसिं बोहरा र जगुदेवी बोहरा रहेका छन् । उक्त गाउँमा भुकम्पका कारण ८ घर पुर्णरुपमा भत्किएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।

अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ