बिरगंजमा अतिक्रमण गरेर बनेका संरचना भत्काउन सुरु

बिरगंजमा अतिक्रमण गरेर बनेका संरचना भत्काउन सुरु

  • सोमवार, कार्तिक २१, २०७९
  • दिपक चौरसिया

  • 3.7K
    SHARES

बिरगंज २१ कार्तिक । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
महानगरपालिकाको टोलीले आजबाट पोखरीले चर्चेको जमिनमा बनाइएका अबैध संरचना हटाउन थालेको हो ।
नगर प्रहरी र नक्सा शाखाका प्रमुख सहित पुगेको टोलीले पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको अबैध संरचना भत्काएर हटाउन सुरु गरेको हो ।
सुरुमा निर्माण गरिएका संरचनाको निस्सा पेश गर्न समय दिएको महानगरले आइतबार घरघरमै पुगेर संरचना हटाउन आग्रह गरेको थियो ।
तर महानगरको आदेशलाई अटेर गर्दै हटाउन नमानेपछि आजबाट भने ती संरचना भत्काएर खाली गर्न सुरु गरिएको हो ।


आज पहिलो दिन केही संरचना भत्काएर अन्यलाई चेतावनी दिइएको र उनीहरुले नहटाए डोजरै लगाएर हटाउन आफूहरु पछि नपर्ने महानगरका नक्सा शाखा प्रमुख रामसेवक महतो बताउँछन् ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै पोखरीको सबै जग्गा फिर्ता ल्याउन अतिक्रमण गरेर बनेका संरचना हटाउन सुरु गरिएको जानकारी दिए ।


महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।
अहिले पोखरी रहेको स्थानमा यसअघिका मेयर विजय सरावगीले चिल्ड्रेन पार्क निर्माण गरेर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको स्थानीयको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ