दाजुभाइको अंश विवादमा भाइ दोस्रोपटक आमरण अनसनमा

दाजुभाइको अंश विवादमा भाइ दोस्रोपटक आमरण अनसनमा

  • शुक्रबार, कार्तिक १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

राजविराज, १८ कात्तिक।
अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेको छ ।

राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन् ।

सप्तरी जिल्ला अदालतबाट वादी दिनेशप्रसाद साहविरुद्ध उनका दाजु उमेशप्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४र४ धुर जग्गा हुने गरी फैसला भएको थियो । तर, फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाइ छ ।

जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनका दाजु उमेशले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिएछि फैसला कार्यान्वयन प्रक्रिया लम्बिएको हो ।

यसअघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तीलाई उच्च अदालतका न्यायाधीशले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्ट«ार उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर फैसला गर्नुपर्ने हुँदा साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्याय निरुपण हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ