सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो 

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो 

  • मङ्लबार, कार्तिक १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

खोटाङ, १५ कात्तिक । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ ।

२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए । सडक भासिने क्रम रोकिएको छैन । “वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो । हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,” राईले भने, “यसपल्ट करिब एक मिटर भासिएको छ । भूकम्पले सडक चर्किएको थियो । झरी पर्न थालेपछि दव्न थालेको हो ।”

भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ । माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ ।

चाडवाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो । कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहिन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव–इन्जिनियर केशव पौडेलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ