मधेशमा धुमधामका साथ छठ मनाउदै

मधेशमा धुमधामका साथ छठ मनाउदै

  • आइतवार, कार्तिक १३, २०७९
  • दिपक चौरसिया

  • 7K
    SHARES

बिरगंज १३ कात्तिक । तराई जिल्ला अर्थात मधेशमा छठ पर्व धुमधामका मनाउँदै छ । अस्ताउदो सुर्यलाई अर्घ श्रद्धा,पुर्वक मनाउने यो छठ पर्व अहिले राष्ट्रिय रुपमा मनाउनुकै साथै देश विदेशमा समेत यसको चर्चा शुरु भएको हो ।
पहिला तराईमा मात्र मनाइने यो छठ पर्व अहिले साझा पर्वको रुपमा भक्ति रश्रद्धाका सम्पूर्ण तराई मधेशको जिल्लाहरुमा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व आइतबार सुर्य भगवानलाई ब्रतलुहरुले तलाउ तथा पोखरीमा छठी माताको पूजा आरधना गरि मनाइरहेको छ।

कात्तिक शुक्ल पक्षको चौठी तिथी देखि विधिीवत रुपमा शुरु हुनेयो छठ पूजा सप्तमी तिथी सम्म मनाइन्छ । शुक्रबार देखि विधीवत रुपमा शुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी तिथी अर्थात शनिबारका दिन देखि ब्रतालुहरु निर्जला ब्रत शुरु गरेका छन् । छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ ।

खरना परेको शनिबार ब्रतालुहरु गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बसेका थिए । शनिबार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र सखरको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर खाने चलन रहदै आइरहेको इतिहास छ।

रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर शनिबार बेलुकी देखि निर्जला ब्रत बसी आफुले मागेको मनाकामना पूरा हुने विश्वास रहिआएको छ ।

खरनाको भोलि पल्ट आज अर्थात आइतबार परेको षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन हो । यस दिनलाइ सँझिया घाट भन्ने चलन भनिन्छ । ब्रतालुहरु आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो कपडा लगाएर छठ पूजाका लागि नदि , पोखरी , तलाय, जलाशयमा जाने गरिन्छ । घरपरिवारका सबै सदस्य समेत नुहाइ धुवाइ गरि चोखो भएर नयाँ लुगा लगाएर छठीघाटमा पुग्ने गर्छन् ।

छठघाटमा चोखो माटोले बनाइएको छठी माताको मुर्ति स्थलमा छेउमा बसेर ब्रतालुहरुले छठु सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाँउने गर्दछन् । आइतबार साँझ पख अस्ताउदै गरेको सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा , कागती , ठेकुवा , बोडी , अदुवाको बोट , स्याउ , नरिवल , भिजाएको केराउ , चामलको अछता ,लगायत विभिन्न प्रकारका फलफूल सहितको मूला लगायतका प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन् ।सुर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ आफनो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथीका दिन अर्थात सोमबार बिहान झिमिसेमै ब्रतालुहरु फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोरा छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग आशिर्वाद माग्ने र सुखशान्तिको कामना सहित यो पर्व समापन्न हुने गर्दछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ