बीरगञ्जको स्पर्स मल्टिस्पेशियालीटी अस्पतालका कर्मचारीद्धारा बिरामी कुरुवा युवती बलात्कृत

बीरगञ्जको स्पर्स मल्टिस्पेशियालीटी अस्पतालका कर्मचारीद्धारा बिरामी कुरुवा युवती बलात्कृत

  • शनिबार, कार्तिक १२, २०७९
  • दिपक चौरसिया

  • 10K
    SHARES

बिरगंज १२ कार्तिक । बिरगंजको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमा बिरामीकी कुरुवा बलात्कृत भएकी छिन । बिरगंजको पिपरा बाईपास सडकमा रहेको स्पर्श हस्पिटलकै कर्मचारीले एक नबालिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिकटक भिडियो बनाएर विवादित बनेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलको फेरी अर्को प्रकरण प्रकाशमा आएको छ ।

हाड सम्बन्धी समस्याको उपचार गराईरहेका आफन्तको कुरुवामा बसेकी नाबालिकालाई असोज २३ गते राती अस्पतालकै कर्मचारी आकाश मण्डलले जबरजस्ती करणी गरेको प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

मण्डलले ती नबालिकालाई अस्पतालकै शौचालयमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी समक्ष नाबालिकले बयान दिएकी छिन । पिडित नबालिकाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भईरहेको उनले बताए । आफन्तले दिएको जाहेरीको आधारमा कात्र्तिक ८ गते मण्डललाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान गर्ने काम गरीरहेको प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।

बिरामीलाई खाना ल्याइदिने र राती हेरचाहको लागि ती नबालिका कुरुवा बस्दै आएका थिए । अस्पताल व्यवस्थापनको लापरवाहीको कारणले गर्दा मण्डलको गिद्धे नजरको सिकार ती नबालिका भएकी छिन । सुरक्षाको दृष्टीले अस्पताल सुरक्षित रहेको व्यवस्थापकिय पक्षले दाबी गर्दै आएको छ । अस्पताल भित्र र बाहिर गरी दर्जनौ सिसी क्यामरा जडान गरिएको छ । नबालिका बलात्कारको घटना सिसी क्यामरामा कैद भएपनि अस्पताल व्यवस्थापन पक्षले यो घटनालाई लुकाउँने प्रयास गरेको हुन सक्ने आंशका समेत गरिएको छ ।

घटना वित्तेको दुई हप्ता हुदाँ पनि अस्पताल प्रशासनलाई जानकारी नहुनु वा जानकारी भएर पनि जानी जानी घटना लुकाउँनु एक किसिमको अपराध नै हो । हुन त यो घटना मात्र अस्पतालमा घटेको छैन । स्पर्श हस्पिटल पटकपछक विवादमा तानिदै आएको छ । कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिकटक भिडियो बनाएर विवादित बनेको थियो ।

यता सञ्चालक महेश्वर कुर्मीले अस्पतालमा आफ्नो एकल नेतृत्व नभएर ८ जना सञ्चालक भएको बताउँदै यो घटनालाई ढाकछोपको प्रयास गरेका छन । प्रहरीले अनुसन्धानबाट नबालिका अस्पतालमै बलात्कृत भएको पुष्टि भईसकेको अवस्थामा संचालक कुर्मीले भने नबालिका अस्पतालमा बलात्कृत नभएको दाबी गरेर अस्पताललाई चोख्याउँने प्रयास गरीरहेका छन ।

उनी भन्छन्, विरामीसंग कुरुवा बस्ने नाबागिलाई अस्पतालमा नबसाउन आग्रह गरेका थियौँ, केटा र केटीबिच पहिलैदेखि सम्बन्ध रहेको थियो ।’ कुर्मीका अनुसार घटना अस्पतालमा नभएर बाहिर भएको हो । प्रहरीमा उजुरी दिएपछि केटालाई आफै ल्याएर प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए । आरोपी युवकलाई कामबाटसमेत निकालीसकेको उनको भनाइ छ ।
ध्चष्तभ तय म्ष्उबप ऋजबगचबकष्थब

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी