तिहार अन्तर्गत आज कुकुर तिहार, आजै लक्ष्मी पूजा पनि गरिदै

तिहार अन्तर्गत आज कुकुर तिहार, आजै लक्ष्मी पूजा पनि गरिदै

  • सोमवार, कार्तिक ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, कात्तिक ७ गते । तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ ।

कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई यस्तो परिकार खुवाउने शास्त्रीय मान्यता छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । कृषि व्यवसायमा गोरुले पु(याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् ।

भोली सूर्य ग्रहण परेका कारण आज साँझ नै लक्ष्मी पूजा पनि गरिदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ