पुस १५ मा ‘डिसेम्बर फल्स’

पुस १५ मा ‘डिसेम्बर फल्स’

  • आइतवार, कार्तिक ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुस १५ गते) देशब्यापी प्रदर्शन हुने छ ।

निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । एक पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् ।

भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा, रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

दीपक शर्मा,कोशिस क्षेत्री, सुुशान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी