डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक

  • आइतवार, कार्तिक ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो ।

यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात्रीको नामबाट, विश्वका सामाजिक बिदाको नाम समेटिएको, विश्वका सर्वाधिक बिक्री भएका म्युजिक एल्बमको, ग्रामी पुरस्कार विजेता कलाकारको नामबाट, विश्वका प्रचलित घण्टीहरूको नामले, विश्वका सुप्रसिद्ध कवि तथा गीतकारको नाम र तिनीहरूले सिर्जना गरेको विषय समेटिएको, युट्युबमा एक विलियनभन्दा माथि भ्युज भएका टाइटल समेटिएको, ग्रामी पुरस्कार विजेता जोडीको नाम समेटिएको, इन्स्ट्राग्राममा मोष्ट फलोअर्स भएका आर्टिष्ट र उनले गाएको वर्णन समेटेर, विश्वभर हजारौँ मिलियन यात्रुलाई यात्रा गराउन सफल ६८ एयरक्राफ्टको नाम समेटिएको, क्यान्सर लागेर बाँचेका प्रसिद्ध व्यक्तित्वको नामबाट र अंग्रेजी अक्षर ‘ए’ देखि ‘जेड’ सम्मको वर्णानुक्रम अनुसारको गीति कविता रहेका छन् । यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलोपल्ट भएको उहाँले दाबी गर्नुभयो । सो क्रममा उहाँले आफ्ना कविता वाचन गरेर सुनाउनुभएको थियो ।

यस्तै, उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गर्नुभयो । उहाँल ६ महिना लगाएर यि गीति कविता तयार पारेको बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार तुलसी गिरी ‘भावुक’, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद्’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्द, युथ क्रिएशनका रमेश थापा, गीतकार तथा निर्देशक गणेश सुवेदी, साहित्यक पत्रकार संघका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापालगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो ।

शनिबार सार्वजनिक तेह्र फरक शैलीका गीति कवितालाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ ।

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो । तस्बिर : सुरेन्द्र थापा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी