दुर्गमका जनताको समस्या : सडकमा बसेर वृद्धाभत्ताका लागि बैंकमा पालो कुदै वृद्धवृद्धा

दुर्गमका जनताको समस्या : सडकमा बसेर वृद्धाभत्ताका लागि बैंकमा पालो कुदै वृद्धवृद्धा

  • शनिबार, कार्तिक ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सुर्खेत, ५ कात्तिक ।

जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइमा बसेर सेवा लिन बाध्य भएको बताएका छन् ।

बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताए ।

बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने , ठाउँ नभएर सडकमा बस्नु पर्ने बाध्यता नहुने उनले बताए । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए ।

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर टरर्जन अधिकारीले बताए । उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गनुभयो । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी