नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । तर, उनको भविष्यचाँहि के हो ? हेर्न अझै बाँकी छ । चौतारा, चियापसल, सार्वजनिक ठाँउमा यतिखेर उनकै चर्चा चुलिएको छ । आँउदो चुनावमा उनी नराम्रोसंग पराजय हुने बहस चलेको छ । उपप्रधानमन्त्रीसमेत भइसकेका पोखरेल पटकपटक मन्त्री भइसकेका छन् । उनले धेरै मन्त्रालयको पद सम्हालेका छन् ।
पद सम्हालेपनि पोखरेलले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेनन् । देश र जनताका लागि सिन्कोसमेत नभाँचेका उनले अंकुत सम्पत्ति जोडेको बताइन्छ । झण्डै एक दशकअघि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले उनको घरमा खानतलास गर्ने क्रममा छतमा रहेको पानी ट्याङकीबाट पैसाको कुम्लो नै निकालेको थियो । अख्यितारले घरमा खोजतलास गर्दा केही भेटेन् तर अन्तिममा ट्याङकीमा पैसा लुकाएको अवस्थामा भेटेको थियो ।
बारम्बार मन्त्री भएर अंकुत सम्पत्ति जोडेका पोखेरेल अख्यितार र शुद्धिकरण विभागको दायरामा आएका छैनन् । २०७० सालमा अत्याधिक मतले कांग्रेसका उम्मेदवार नरहरि आचार्यले जितेको क्षेत्र हो यो । तर, आचार्य बिरामी भएर थलिएपछि यसको फाइदा पोखरेलले लिए । २०७४ सालमा जनताले नचाहदाचाहदै पनि पोखरेललाई मत दिए । कांग्रेसले राम्रो उम्मेदवार नउठाउँदा सो क्षेत्र एमालेको हातमा पर्यो ।
७४ सालको चुनावपछि पोखरेल धेरैचोटि मन्त्री भए । तर, विकासको नामोनिशान त्यहाँ छैन् । जनताहरु उनीबाट आजित भए, आक्रोश लिएर हिँडेका छन् । काठमाडौं क्षेत्र नम्ब। ५ का जनताले पोखरेललाई पराजय गर्न कम्मर कसिसकेका छन् । धेरै मतले उनलाई हराउने र भित्तामा पुर्याउन जनताहरुको अठोट छ । ईश्वर पोखरेल मात्र होइन्, एमालेका वरिष्ठ नेताहरुले चुनाव हार्छन् भनेर सर्वत्र माहौल तातिएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, सविन्द्र खनाल, कोमल वली, शेरबहादुर तामाङ, विष्णु पौडेल, योगेश भट्टराई, प्रदीप ज्ञवालीलगायतका नेताहरुको राजनीतिक भविष्य यहीबाट आगामी चुनावबाट सकिदै छ । एमालेलाई जनतालाई भोट दिँदैन् । किन कि हिजोको दिनमा एमालेले कस्तो काम गरेको छ ? एमालेका नेताहरु कस्ता छन् ? जनतालाई राम्ररी थाहा छ ।
एमाले आफ्नै सिद्धान्त र विचार त्यागेर हिँडेको छ । भ्रष्ट्राचारमा लुप्त एमालेका नेताहरुले भ्रष्ट्राचारीको छवि बनाएका छन् । मनमोहन अधिकारी र मदन भण्डारीले जनताको मन जितेर स्थापना गरेको पार्टी केपी ओलीले तहसनहस पारे । एमालेको नाम ओलीको कारण सखाप भयो । त्यतिखेर मनमोहनले ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ भत्ता दिने प्रवृत्तिको शुरु गरेका थिए ।
तर, ओलीले त्यसलाई नै बेचेर आफु मत मागिरहेका छन् । नीति ल्याउने त मनमोहन हुन्, ओली होइनन् । ल्याउने मनमोहन, दिने जनताले तिरेको करबाट दिने अनि श्रेय लिने ओली । यस्ताले आफुलाई कुन मुखबाट नेता भन्ने ? राष्ट्रसेवक भन्ने ? मुलुकका लागि ज्युँदो इतिहास बनेकाको नाम बेच्न ओलीलाई अलिकति पनि लाज लाग्दैन् । नेता हुनका लागि सिद्धान्त र विचारको धेरै खाँचो पर्छ ।
जुन ओलीसंग छैन् । अरुले बनाइदिएको बाटोमा हिँडेर के के गरे ? भन्नु अघि ओलीले सोच्नुपर्ने हो । साँच्नै नै भन्ने हो भने एमालेमा एउटा पनि राम्रा नेता छैनन् । नराम्रोले चलाएको पार्टीमा कहाँबाट राम्रो व्यक्ति आँउछन् ? अलिकति सोचाइ भएकाले पार्टी त्यागिसकेका छन् । सरकारले २०७२ र २०७४ सालमा प्रधानमन्त्री भए । तर, देश र जनताका लागि के गरे ? प्रश्न उठेको छ ।
यसमा जनताको पनि गल्ती छ । प्रधानमन्त्री पदमा बस्ने हैसियत भएका व्यक्ति होइनन्, ओली । उखानटुक्का भन्नेले देशको अभिभावकत्व निभाउँछ भनेर जनताले सोच्नु भ्रम हो । ओलीको उखानटुक्काको पछि लाग्दा नेपाल विकासमा झनै पछि पर्यो । पढाइ हेर्यो भने वडाध्यक्ष सम्हाल्न सक्ने क्षमता छैन् । क्षमता नभएकालाई भारी बोकाएर हुन्छ ? उसको भारी बोक्न सक्छ ?
हिजो भोट माग्ने बेलामा नेपालमा पानी जहाज चलाउने भने । चुलाचुलामा ग्याँसको पाइप पुर्याइदिने आश्वासन दिए । यता, रेल चलाउने, ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुर्याइदिने र १२ को शैक्षिक प्रमाणपत्र राखेर कर्जा दिने भनेर जनताको घरघरमा पुग्ने ओली नै हुन् । पानी जहाज चल्छ भनेर भोट मागे, पदमा पनि पुगे । तर, कहाँ चल्यो पानी जहाज ? नेपालमा समुद्र छ जहाज चलाउन ?
चुलाचुलामा ग्याँसको पाइप जोडियो ? ज्येष्ठ नागरिकको भत्ता बढ्यो ? यस्तो हाउडे भाषणको पछाडि लाग्दा जनताको मत खेर गयो । अब पनि यस्तालाई भोट दिनु भनेको ‘आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो ।’ केपी ओली नेतृत्वको सरकार आउनुअघि कांग्रेसको सरकार थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले मृगौला, मुटु रोगलगायत अन्य रोगबाट थलिएकालाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेका थिए ।
यता, ज्येष्ठ नागरिक भत्ताको उमेर घटाएर ६८ वर्ष पुर्याउन देउवाले जोडबल गरेका थिए । तर, एमाले सरकारमा आउनेबित्तिकै कांग्रेसले गरेको निर्णय सबै उल्टाइदियो । न ज्येष्ठ नागरिकले भत्ता पाए न दीर्घकालीन रोगीले । कांग्रेस हिरो हुन्छ भनेर निर्णय उल्टाउने एमाले जिरो साबित भएको छ । ओलीले त रोगी र ज्येष्ठ नागरिकको पेटमा लात हानेका हुन् ।
ओली आफैं पनि मृगौला रोगबाट ग्रसित छन् । तापनि मृगौला पीडितको पीडा उनले देखेनन् । आफूचाहि राज्यको ढुकुटी रित्ताएर विदेश उपचार गर्न जाने अनि गरिबलाई दिन लागेको भत्ता काटने । हिजो जनतालाई लात हान्ने एमालेलाई अब जनताले लात हान्नेछन् । आफ्नो निजी सम्पत्ति बेचेर भत्ता दिन लागेकोजस्तै व्यवहार देखाए, ओलीले । तर, जनताले तिरेको कर सकाउनचाँहि उनलाई अलिकति पनि लाज लागेन् ?
राप्रपाले जनतालाई एक मत पनि दिदैनन् । नेपाल मजदुर किसान पार्टीले जहिले एक क्षेत्र जित्छ । एमालेको पनि नेमकिपाजस्तै हालत हुन्छ । जनताहरु धेरै शिक्षित भइसकेका छन् । कसले के काम गर्यो ? भनेर जनताले अध्ययन गरिरहेका छन् । एमालेमा आफ्नो उमेर कटाएकाले टिकट पाएनन् । पार्टीका निम्ति आफ्नो घरखेत गुमाएकालाई ओलीलाई छुट्याए । प्रहरीमा जागिर खाएर टन्न सम्पत्ति जोडेकाले टिकट पाए ।
राजनीतिमा बर्षौदेखि लागेकालाई पन्छाएर नाँच्ने गाउने कलाकारलाई टिकट दिइयो । पार्टीमै लागेर इतिहास बन्न लागेकाहरु यो चोटि पनि जनतामाझ जानबाट वञ्चित भयो । एमालेले टिकट वितरणमा पक्षपात गरेको छ । जसले पार्टीलाई पोस्न सक्छ, त्यस्तालाई उम्मेदवार बनाइयो । एमालेका कार्यकर्ताहरुले सुर्यमा भोट नहाल्ने अडान लिएका छन् । बरु, घरमा सुतेर बस्न तयार छन्, उनीहरु ।
२०७१ सालमा महेश बस्नेत र चरी गुण्डालाई भर्याङ बनाएर ओलीले माधवकुमार नेपाललाई पार्टी अध्यक्षबाट पराजित गरेका हुन् । त्यही गुन तिर्नका लागि २०७० सालमा चुनाव हारेका बस्नेतलाई ओलीले मन्त्री बनाइदिए । गुण्डालाई कसले पत्याउने ? भक्तपुर क्षेत्र नम्बर २ का जनताले उनलाई पत्याएनन् । तैपनि मन्त्री बनिहाले । एमालेबाट चुनाव जितेर आएकाले मन्त्री पाएनन् ।
त्यस्तै, २०७४ सालमा चुनाव जितेका आएका सांसद् मन्त्री बन्न पाएनन् । तर, एउटा कर्मचारी पृष्ठभूमिबाट आएर युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । चुनावमै नगएकाले मन्त्री पाँउदा अरु सांसद्लाई कस्तो महशुस भयो होला ? यता, उनलाई अमेरिकाका लागि नेपाली राजदुतको जिम्मेवारी सुम्पियो । पार्टीभित्र आफ्नो विरोध गर्ने भीम रावल, घनश्याम भुसाललगायतका नेतालाई टिकट दिइएन् ।
राम्रो र नराम्रो भन्ने हक पार्टीका नेतालाई हुँदैन् ? पार्टीका नेतामाथि पनि ओलीले ज्यादती गरेका छन् । जुन दिन ओलीले अध्यक्ष जिते त्यो दिनबाट एमाले सिद्धियो । पार्टी फुटेर टुक्राटुक्रा भयो । एमालेलाई ओलीले पार्टी होइन्, प्राइभेट कम्पनी बनाएका छन् । एमालेलाई न वृद्धभत्ता बढ्छ कि भनेर भोट दिन्छन् न रोजगारीको अपेक्षा राख्छन् । एमालेले जति झुक्याउन खोजेपनि जनता झुक्किनन् । अबको चुनावमा एमाले भित्तामा गएर ठोक्किन्छ । ओलीको उखानटुक्काले अब केही उखाल्नेवाला छैन् ।