कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउँछौँ : समाजवादी 

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउँछौँ : समाजवादी 

  • सोमवार, अशोज ३१, २०७९
  • डम्मर दत्त भट्ट

  • 3.3K
    SHARES

कञ्चनपुर, ३१ असाेज कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा रहेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने स्पष्ट पारेका छन् । सोमबार समाजवादीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कञ्चनपुरका तीन वटै प्रतिनिधी सभा सदस्यका उम्मेदवारलाई एक ढिक्का भएर चुनाव जिताउने स्पष्ट पारेको हो । केही विपक्षी एव बिरोधी समुहले समाजवादीले कञ्चनपुरमा संघ तर्फका उम्मेदवार नसघाउने दुष्प्रचार, भ्रम सृजना गरिरहेकाले भन्दै समाजवादीले संघ तर्फ क्षेत्र १ बिना मगर, २ एनपी साउद र ३ मा रमेश लेखकलाई एकसाथ जिताउनका लागि तयार रहेको सोही अनुरुप मत मागिरहेको जनाएको छ ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले केन्द्रमा भएको सहमती अनुरुप संघ तर्फ क्षेत्र १ मगर, २ साउद र ३ लेखकलाई जिताउनका लागि प्रचारप्रसार गर्ने बताए । समाजवादी कञ्चनपुरका सचिव धामीले क्षेत्र ३९क० र २९ख०मा मात्रै समाजवादीले प्रदेशमा उम्मेदवारी दिए अनुरुप प्रचारप्रसार शुरु गरिएको बताए ।

 

सचिव धामीले ६ कार्तिक धनगढीमा गठबन्धन दलको बस्ने बैठकबाट को उम्मेदवार ब्याक हुने विषयमा एकीन हुने बताउँदै अहिलेसम्म मित्रवत हिसाबले चुनावमा होमिने सहमती भएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो, ‘उनले भने, ‘सचिव धामीले भने, ‘प्रतिगमन र संविधान मास्ने बिरुद्धमा हामीले गठबन्धन गरेका हौँ ।’ केही अवसरवादी पार्टीमा आए गए उनीहरुबाट न यता न उता पार्टी सचालन हुने सचिव धामीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ