वाङ्मय शताब्दी पुरुष जोशीलाई राष्ट्रिय सम्मान दिईने, आजै पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरिने

वाङ्मय शताब्दी पुरुष जोशीलाई राष्ट्रिय सम्मान दिईने, आजै पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरिने

  • आइतवार, अशोज ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु लगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

आज राष्ट्रिय सम्मानका साथ शलामी अर्पण गरिएपछि जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरिनेछ ।

आफ्नो मृत्युपछि शरीर अनुसन्धानका लागि दान गर्ने जोशीले यस अघि घोषणा गरेका कारण अस्पताललाई शव बुझाउन लागिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ