नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने

नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने

  • बिहिबार, अशोज २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बाँके २७ असोज । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।
बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो ।

नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताउनुभयो । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण नरैनापुर गाउँपालिकाका छ वटै वडामा भएको क्षति विवरण वडा अध्यक्षको नेतृत्वमा बनेको बिपद् व्यवस्थापन टीमले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।

साथै बिपदको समयमा सहयोगका लागि विभिन्न संघ,संस्थालाई सहयोगको लागि अनुरोध-आव्हान गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणाली मार्फत पालिका बाटै वितरण गर्ने,बर्षातका कारण क्षतिभएका सार्वजनिक संरचनाहरू तत्काल पुनः निर्माण गर्ने,धानबाली क्षति विवरण नरैनापुर गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो ।

बैठकमा गाँउपालिका अध्यक्ष समेत रहनु भएका विपद समितिका संयोजक इश्तियाक अहमद शाह,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, विओपी कटकुइयाका दयाराम पौडेल लगायत गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ