अनिता गिरी अब ठूला पर्दामा देखिने

अनिता गिरी अब ठूला पर्दामा देखिने

  • बिहिबार, अशोज २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

करिब एक दर्जन म्युजिक भिडिओमा अभिनय गरिसकेकी अनिता गिरी अब ठूलो पर्दामा देखिने तयारीमा रहेकी छन्।

खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् । सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनले पहिलो भिडिओ ‘बैगुनीले गएको थियो छोडेर’ गीतमा गरेकी थिइन्। त्यसपछि ‘सजाए तिम्रो माया’, ‘लगन जुर्‍यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता गीतका भिडिओमा उनले कुशल अभिनय गरिसकेकी छन् ।

म्युजिक भिडिओमा अभिनय गरेसँगै उनले केही अवार्ड पनि हात पारिसकेकी छन् । अब उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दै छिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरिसकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा समेत सहभागी भइसकेकी छन् । अभिनयमै पूर्ण रूपमा समर्पित भएकी उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् । म्युजिक भिडिओ र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो हेर्न त बाँकी नै छ तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी