एमाले नेता कार्यकर्तापनि समाजवादीका उम्मेदवार रावलको प्रचारमा

एमाले नेता कार्यकर्तापनि समाजवादीका उम्मेदवार रावलको प्रचारमा

  • बुधबार, अशोज २६, २०७९
  • -डम्मर दत्त भट्ट

  • 3.4K
    SHARES

कञ्चनपुर, २५ असोज । मंसिरमा ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि एमाले नेता कार्यकर्ता पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकास बहादुुुुुर रावलको प्रचारप्रसारमा जुटेका छन ।
एमाले कञ्चनपुर भीमदत्त नगरका युवा नेता रविन्द्र सुनार समाजवादीका उम्मेदवार रावलको प्रचारप्रसारमा जुटेका हुन । एमाले नेता सुनारले खुलेरै क्षेत्र ३९क०का प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका समाजवादीका नेता रावलको प्रचार गरिरहेका छन ।
एमाले नेता सुनारले समाजिक सञ्जाल मार्फत समग्र विकासका लागि कमलमा भोट भन्दै रावलका लागि मत मागिरहेका छन ।

रावलमन्त्री हुँदा सुनार समाजवादीकै थिए, गत स्थानीय निर्वाचनको मुखमा एमालेमा फर्किएका सुनारले रावलको प्रचारप्रसार गरेसंगै एमालेले उक्त सिट राप्रपालाई दिएपछि एमाले नेता कार्यकर्ता चरम रुष्ट भएको दृष्ट्रान्ट देखिएको छ । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले समाजवादीका तर्फबाट रावल सबैका नेता भएकाले उनलाई एमाले नेता कार्यकर्ताले साथ सर्मथन गरिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ