हुम्ला असोज २४ । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको छ। लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएर उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् । अन्य तीन जनाको उद्धार गरिएको छ ।
अझै पनि झरी परिरहेकाले उद्धारमा कठिनाई भएको छ भने प्रहरी पुग्न पनि अझै केही समय लाग्ने स्थानीयले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline